साप्ताहिक संवाददाता
फाल्गुन ६, २०७६
पछिल्लो समय सांगीतिक क्षेत्रमा आएर चर्चा कमाएकी गायिका आइशा डोटेलको ‘गाडी गुड्छ नेपाली’ सार्वजनिक भएको छ । नेपाली बुबा र इन्डो चाइनिज आमाबाट जन्मिएकी आइशा अस्ट्रेलिया बस्दै आएकी छिन् ।
गीतमार्फत आइशाले जन्मथलो र आफन्त छोडेर विदेशिनु रहर नभएर बाध्यता भएको उल्लेख गरेकी छिन् । गीतमा गाउँघरको सम्झना र रमझमका दिनहरुको बारेमा वर्णन गरिएको छ ।
प्रगती देवकोटा न्यौपानेको लेखेको गीतमा प्रगति, आइशा र प्रशान्तले सयुक्त रुपमा संगीत गरेका छन् ।
गीत :