साप्ताहिक संवाददाता
फाल्गुन ६, २०७६
अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठले जोडी कलाकारका रुपमा अभिनय गरेको चलचित्र ‘सम्झना बिर्सना’आगामी वर्षको जेठ २ बाट अल नेपाल रिलिज हुने भएको छ ।
निमेष प्रधानले निर्देशन गरेको यो चलचित्रमा प्रेम कथालाई मुख्य रुपमा प्रस्तुत गरिएको छ । चलचित्रको रोमान्टिक पोस्टर सार्वजनिक गर्दै चलचित्र यूनिटले रिलिज डेट पक्का गरेको हो ।
सार्वजनिक पोस्टरमा चलचित्रका शिर्ष कलाकार पूजा र आकाशको जोडीलाई रोमान्टिक मूडमा प्रस्तुत गरिएको छ ।
यो चलचित्रमा सुनिल थापा, शिशिर राणा, छुल्ठिम गुरुङलगायतका कलाकारको पनि शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । चलचित्रको कथा र पटकथा निर्देशक प्रधानले नै लेखेका हुन् ।
चलचित्रमा शिव ढकालको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन, शिशिर राणाको संवाद र कमल राईको कोरियोग्राफी रहेको छ ।