साप्ताहिक संवाददाता
नेपाली कथानक चलचित्र ‘धुलो’को ट्रेलर सार्वजनिक भएको छ । प्रद्युम्न मिश्रणले पहिलो पटक निर्देशन गरेको यो चलचित्र यहि फागुन १६ गतेबाट अल नेपाल प्रदर्शन हुँदै छ ।
काठमाण्डौमा मजदुरी गर्नेहरुको जीवनशैली, सपना र संघर्षको कथालाई केन्द्रमा राखेर निर्माण गरिएको यो चलचित्रमा लक्ष्मी गौतम र नानिराम फुयाँलले सयुक्त रुपमा लगानी गरेका छन् ।
चलचित्रमा वुद्धि तामाङ, श्रृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, सुदिप कार्की लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । यस चलचित्रमा दर्शकले नीर शाह, सुशिल पोखरेल, लक्ष्मी वर्देवा लगायतका कलाकारलाई विशेष भूमिकामा देख्न पाउने छन् ।
दीपा धरेलको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा रविन आचार्यको छायांकन तथा अर्जुन जीसीको सम्पादन रहेको छ । यस्तै, चलचित्रमा शंकर थापा र जुगल डंगोलको संगीत, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।
चलचित्रको ट्रेलर :