साप्ताहिक संवाददाता
रियल जोडी रणवीर सिंह र दीपिका पादुकोण चलचित्र ‘८३’मा एकसाथ पर्दामा आउँदैछन् । यो चलचित्रलाई लिएर दर्शक निकै उत्साहित छन् । क्रिकेटर कपिल देवको बायोपिक कथामा आधारित भएकाले पनि यो चलचित्र हेर्न लायक हुने अनुमान गरिएको छ ।
यो चलचित्रमा रणवीर शिर्ष भूमिकामा छन् । दीपिकाले कपिल देवकी श्रीमतीको भूमिका निर्वाह गरेकी छिन् । यो चलचित्र प्रदर्शन हुन डेढ महिना बाँकी छ ।
यसैविच चलचित्र निर्माण कम्पनीले रणवीर र दीपिकाको एउटा लुक्स सार्वजनिक गरिदिएको छ । उक्त लुक्सले धेरैलाई झुक्काउन सक्छ ।
रोमी देवको भूमिकामा देखिने दीपिकाले चलचित्रमा महत्वपूर्ण भूमिका रहेकाले काम गरेको बताएकी छिन् । उनले यो चलचित्र भविष्यमा सधै अविष्मरणीय हुने समेत बताएकी छिन् । चलचित्रका अभिनेता रणवीर त चलचित्रको छायांकन प्रारम्भ भएदेखि नै चलचित्रको काममा खुबै लागिरहेका छन् । उनले यो चलचित्र दर्शकका लागी हेर्न लायक हुने विश्वास व्यक्त गरेका छन् ।
चलचित्रका निर्देशक कविर खान हुन् । उनले चलचित्र निर्माणमा निकै मिहेनतका साथ काम गरेको र कलाकारहरुले समेत पुर्ण सहयोग गरेकाले चलचित्र दमदार बनेको बताए । यो चलचित्र आगामी अप्रिल १० मा विश्वभर रिलिज हुँदैछ ।