साप्ताहिक संवाददाता
फाल्गुन ८, २०७६
नेपाली कथानक चलचित्र ‘सेन्टी भाइरस’मा समावशे नयाँ गीत सार्वजनिक भएको छ । ‘ए नि लै’ बोलको गीतमा स्वर तथा संगीत सुशान्त गौतमको छ । गीत हर्क साउदले लेखेका हुन् ।
गीतको लिरिकल भडियो सार्वजनिक गरिएको हो । भिडियोमा चलचित्रका शिर्ष कलाकारको क्यारेक्टर तस्बिर प्ले गरिएको छ ।
रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रले राजनीतिले समाज तथा परिवारमा पार्ने प्रभाव उठान गरेको छ । चलचित्र धुर्मुस–सुन्तली (सिताराम कट्टेल र कुञ्जना घिमिरे)को अग्रसरतामा बनाइएको हो ।