साप्ताहिक संवाददाता
नेपाली कथानक चलचित्र ‘धुलो’को आइटम गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘चार सय चालिसको बिजुली’ बोलको गीत गायिका दुर्गा खरेलले गाएकी हुन् । केशव मिश्रले लेखेको गीतमा जुगल डंगोलको संगीत सुन्न सकिन्छ ।
रामजी लामिछानेको कोरियोग्राफीमा तयार भएको भिडियोमा बुद्धि तामाङ, अग्रज केसी र दिपाशा विसी फिचर भएका छन् ।
राजधानीमा सडक गल्लीमा ठेलागाडा–रिक्सा चलाएर जीवनयापन गर्ने मज्दुरको जीवनशैली, सपना, संघर्ष र अबस्थाको बिषयमा तायर भएको यो चलचित्र प्रद्युम्न मिश्रले निर्देशन गरेका हुन् । मिश्रको यो डेब्यु चलचित्र हो ।
फागुन १६ गतेबाट रिलिज हुने चलचित्रमा बुद्धि र अग्रजसँगै सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, बालकलाकार सुदीप कार्की लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । चलचित्रमा नीर शाह, सुशिल पोखरेल र लक्ष्मी बर्देवा विशेष भूमिकामा देखिने छन् ।
दीपा धरेल प्रस्तुतकर्ता रहेको चलचित्रमा लक्ष्मी गौतम र नानीराम फुँयालको लगानी रहेको छ । रविन आचार्यले खिचेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन् ।
गीतको भिडियो :