लुङ्गा
दु:खले गाल्न नसकेको जेठी सुब्बेनीको शरीर
सुगरले गलेपछि
आँखा चिम्म गरेर योग गर भन्दा
उमेरमा तन्नेरीसँग धान नाचेको मात्र
सम्झना आउछ भन्छिन्
हङकङको मञ्चमा कवियत्री विमला तुम्खेवाले यो कविता सुनाईरहदा दर्शक दिर्घाबाट निरन्तर ताली बजिरहेको थियो । विमलाका कवितासँग कविता प्रेमी स्रोताको यो मिठो संयोग नेपाली भाषा तथा साहित्य परिषद हङकङले जुराएको हो । नेपाली भाषा तथा साहित्य परिषद हङकङको ९४ औँं ‘हङकङ साहित्यिक साझा श्रृखला’ कसव तुम्खेवाले आफ्ना कविता सुनाएकी हुन् ।
आफ्नो कविता संग्रह ‘हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे’बाट तुम्खेवाले केहि कविताहरु प्रस्तुत गरेकी थिईन । संग्रहमा जेठी सुब्बेनी, बाजेको सम्झना, साडी, प्रेमको स्वरुप, भूतपुर्व ब्रिटिस गोर्खा सिपाही लगायत ८३ वटा कविताहरु समेटिएको छ ।
कोरोना भाईरसको संक्रमणसँगै हङकङमा आयोजना गर्ने भनिएका विभिन्न कार्यक्रमहरु स्थगन गरिएका छन् । संक्रमणको भयतासँगै कार्यक्रममा स्थानिय साहित्यकारहरुको उल्लेख उपस्थित रहेको थियो ।
कार्यक्रममा हङकङमा रहेर भाषा तथा साहित्य क्षेत्रमा निरन्तर लागिरहेका साहित्यानुरागीहरुले पनि आफ्नो श्रृजनाहरु प्रस्तुत गरेका थिए ।