फाल्गुन १२, २०७६
अभिनेता आमिर खान चलचित्रमा फरक–फरक गेटअपमा अभिनय गर्न रुचाउने कलाकारका रूपमा चिनिन्छन् । यिनै अभिनेताका एक कार्टुनिस्ट फ्यान मनोज सिन्हाले एक क्यालेन्डरमा उनको विभिन्न चित्रलाई कार्टुनका रूपमा उतारेका छन् ।
मनोजले क्यालेन्डरमा आमिर अभिनीत चलचित्र ‘पीके’, ‘अन्दाज अपना अपना’, ‘दंगल’, ‘गजनी’, ‘३ इडियट्स’, ‘दिल चाहता है’, ‘सिक्रेट सुपरस्टार’, ‘लगान’, ‘तारे जमिन पर’ र उनको आगामी चलचित्र ‘लाल सिंह चड्डा’मा निर्वाह गरेको चरित्रलाई कार्टुनका माध्यमबाट उतारेका छन् । आमिरको चलचित्र ‘लाल सिंह चड्डा’ आगाामी डिसेम्बरमा रिलिज हुँदैछ ।
चलचित्रलाई आमिरले नै निर्माण गरेका हुन् । यो चलचित्र सन् १९९४ मा रिलिज हलिउडको हिट चलचित्र ‘फरेस्ट गम्प’को हिन्दी रिमेक हो । चलचित्र ‘लाल सिंह चड्डा’मा करिना कपूर र तमिल स्टार विजय सेतुपतिको पनि अभिनय छ ।