इन्डियन आइडल बने सनी

- साप्ताहिक संवाददाता

फाल्गुन १२, २०७६

इन्डियन आइडल सिजन ११ को उपाधि सनी हिन्दुस्तानीले जितेका छन् । करिब ५ महिना चलेको उक्त शोको फाइनलमा ५ जना प्रतिस्पर्धी पुग्न सफल भएका थिए । इण्डियन आइडल बनेसँगै सनीले नयाँ कार र २५ लाख रुपैयाँ नगद पुरस्कार पाएका छन् ।

साथै, टी–सिरिजले निर्माण गर्ने नयाँ चलचित्रमा पनि उनको आवाज रहने जनाइएको छ । शोको सेकेन्ड रनरअप रोहित राउत भए । उनले नगद ५ लाख पुरस्कार जितेका छन् । यो बर्षको ‘इन्डियन आइडल’मा विशाल ददलानी, नेहा कक्कड, हिमेश रेशमिया निर्णायकको रुपमा थिए ।

यो सिजनको सुरुवात अक्टुबर महिनाबाट सुरु भएको थियो । आइडलका लागि हजारौंको सहभागिता थियो ।

प्रकाशित :फाल्गुन १२, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×