साप्ताहिक संवाददाता
सफल चलचित्र ‘परदेशी’ को सिक्वेलको छायांकनमा गएको छ । गत शुक्रबार मुहुर्त गरेर छायांकनमा गएको यो चलचित्र मार्फत गाएक प्रकाश सपुतले अभिनेताका रुपमा डेब्यू गर्दै छन् । उनले चलचित्रमा गाँसिएसँगै आफ्नो सपना पुरा भएको भन्दै खुशी व्यक्त गरेका छन् ।
यो चलचित्रमा अभिनेत्री वर्षा शिवाकोटी प्रकाशको जोडीका रुपमा अभिनय गर्दै छिन् । वर्षासँगै अर्की चल्तीकी अभिनेत्री केकी अधिकारीले पनि यो चलचित्रमा अभिनय गर्ने खबर सार्वजनिक भएको छ ।
चलचित्र नारायण रायमाझीले निर्देशन गर्दै छन् । चलचित्र ‘परदेशी’ गायक प्रशान्त तामाङ्ले अभिनय गरेका थिए । अभिनेत्री रजनी केसीले जोडीका रुपमा प्रशान्तलाई साथ दिएकी थिईन् । वैदेशीक रोजगारीको कथामा बनेको चलचित्र परदेशीले धेरैको मन जितेको थियो ।
चलचित्र ‘परदेशी २’ ले विदेश पढ्न गएका विद्यार्थीको दु:ख र त्यहाँको सङ्घर्षलाई प्रस्तुत गर्ने निर्देशक रायमाझीले बताएका छन् । निर्देशक रायमाझी र राजेश वंशलले सयुक्त रुपमा निर्माण गरेको यो चलचित्रमा नीर शाह र गायक प्रकाश सपुतका भाइ देवेन्द्र बब्लुले पनि अभिनय गर्ने छन् ।