साप्ताहिक संवाददाता
फाल्गुन १२, २०७६
काठमाडौं
गायक रोहित जोन क्षेत्रीले आफ्नो नयाँ गीत ‘चाहना’ युट्युव मार्फत सार्वजनिक गरेका छन् । सन् २०१३ मा चर्चित गीत ‘बिस्तारै बिस्तारै’ सार्वजनिक गरेका उनले त्यसपछि ‘झरीपछिको इन्द्रेणी’ सार्वजनिक गरेका थिए ।
नयाँ वर्ष २०२० को सुरुमै ‘बिदाइ’ गीत निकालेका क्षेत्रीले अहिले भने तेस्रो एल्बम ‘चाहना’ ल्याएका हुन् । उक्त एल्वमको एउटा गीत सार्वजनिक गरिएको हो । आफ्नो प्रेमिकाप्रति समर्पित उक्त प्रेम गीत चाहनामा जीवनमा जतिसुकै अप्ठेरो आए पनि आफ्नो मायालुलाई सधैं साथ दिने भावना पोखिएको छ । गीतमा शब्द र संगीत पनि गायक क्षेत्रीकै रहेको छ । जेम्स खत्रीको निर्देशन रहेको गीतको भिडियो समीर ताम्राकार र निरन्जन महर्जनले खिचेका हुन् ।
गीतको रेकर्डिङ, मिक्सिङ र मास्टरिङ विनय अमात्यले गरेका हुन् ।