साप्ताहिक संवाददाता
फाल्गुन १३, २०७६
केहि समय अघि मात्रै आफ्ना प्रेमी सार्वजनिक गरेकी अभिनेत्री आँचल शर्माले इन्गेजमेन्ट गरेकी छिन् । प्रेमी उदिप श्रेष्ठसँग सोमबार इन्गेजमेन्ट गरेकी आँचल यहि फागुनको अन्तिममा उदिपकी बेहुँली बन्ने छिन् ।
सोमबार साँझ काठमाडौंको चुच्चे पाटी स्थित इम्पेरियल बैंक्वेटमा सम्पन्न इन्गेजमेन्टमा आँचल र उदिपका नजिकका आफन्तको उपस्थिति रहेको थियो । यो जोडी करिब डेढ वर्षदेखि प्रेममा रहको थियो । आफूहरु विवाह गर्ने टुङ्गोमा पुगेपछि केहि समय अघि मात्रै आँचलले आफ्ना प्रेमी सार्वजनिक गरेकी थिईन ।
विवाहलाई लिएर आफू निक्कै उत्साहित रहेको अभिनेत्री आँचलले बताएकी छिन् । उनले आफू बिबाह पछि पनि चलचित्र क्षेत्रमा नै रहेर काम गर्ने उल्लेख गरेकी छिन् । अभिनेत्री आँचलले अभिनय गरेको पछिल्लो चलचित्र ‘झिङ्गे दाउ’ रिलिजको तयारीमा छ ।