साप्ताहिक संवाददाता
फाल्गुन १३, २०७६
एशियन मोडल फेस्टिभल फेस अफ नेपाल २०२० को उपाधि पुरुष तर्फ बिवेक खड्का र महिला तर्फ स्मृति नेपालले जितेकी छिन् । दक्षिण कोरियाको फ्रेन्चाइज सौन्दर्य प्रतियोगिताको रुपमा अयोजना भएको यो प्रतियोगितामा सेकेण्ड विनरमा नफिसा श्रेष्ठ भईन् ।
विजेता भएकाहरुलाई यही बर्ष दक्षिण कोरियामा आयोजना हुने सौन्दर्य प्रतियोगितामा सहभागि गराईने आयोजकले जनाएका छन् । यो सौन्दर्य प्रतियोगितामा स्मृति नेपालले मष्ट पपुलर, नफिसा श्रेष्ठले मष्ट फोटोजेनिक, मिलीयुक्ता क्षेत्रीले वेष्ट वाक, सिम्रन शाक्यले वेष्ट पर्सनालिटी र कुन्साङ वोम्जनले वेष्ट स्टाइलिष्टको उपाधि हात पारेका थिए ।