वलिउडमा पछिल्लो बर्ष कोही सर्वाधिक सफल अभिनेता छ भने उ अक्षय कुमार नै हो भन्दा फरक नपर्ला । केहि साता अघि एक चलचित्रका लागि अक्षयले १ सय २० करोड भारतिय रुपैंया पारिश्रमिक मागेको चर्चाले अक्षयको स्टारडम कतिसम्म वढिरहेको छ भन्ने कुरा आँकलन गर्न खासै गाह्रो पर्दैन ।
अक्षय अभिनित पछिल्ला चलचित्रले २ सय करोडमा ह्याट्रिक गरिसकेको छ । मिशन मंगल, हाउसफुल–४ र गुड न्युजले लगातार २ सय करोड भन्दा माथिको व्यापार गर्दै अक्षयलाई वलिउडकै सफल अभिनेताको रुपमा उभ्याउन सफल भएको थियो ।
अब चाँडै प्रदर्शनमा आउने ‘सुर्यवंशी’ले के कस्तो किसिमको व्यापार गर्ला भन्ने विषयमा अहिले वलिउड चलचित्र उद्योगमा चर्चा परिचर्चा सुरु भइसकेको छ । यो चलचित्र आगामी मार्च २४ मा प्रदर्शन हुँदैछ, चलचित्रलाई रोहित सेट्टिले निर्देशन गरेका हुन् ।
हालै यो चलचित्रको व्यापार कस्तो होला भन्ने विषयमा अक्षयले मुख खोलेका छन् । ‘अक्षयले यो चलचित्रले २ सय ५० करोड माथिको कारोवार गर्ने आशा राखेका छन् ।’ त्यस्तै चलचित्रका निर्देशक रोहितले समेत यो चलचित्रले २ सय ५० करोडको व्यापार हुनेमा आफु ढुक्क रहेको बताएका छन् । धमाधम सफल चलचित्र दिइरहेका बेला अक्षयलाई यो चलचित्रले आफैलाई चुनौती दिएको महसुस गरिएको छ । अक्षय–रोहितले जुन किसिमको आशा तथा अपेक्षा राखेका छन् ।