फाल्गुन १६, २०७६
गायिका ब्रिटनी स्पेयर्स यो समयमा स्वास्थ्यलाभ गरिरहेकी छन् । नाचिरहेको अवस्थामा स्टेप नमिल्दा लडेर खुट्टाको हड्डी भाँचिएपछि उनी घाइते भएकी हुन् । उनका प्रेमी साम आशघरीका अनुसार गायिकाको खुट्टाका पाँचवटा हड्डी भाँचिएका छन् ।
सामले ब्रिटनी अस्पतालमा बसेको तस्बिर र भिडियो इन्स्टाग्राम पेजमा सेयर गरेका छन् । ‘यो समयमा तिम्रो खुट्टाको हड्डी भाँचिएर तिमी स्वास्थ्य लाभ गरिरहेका छौं । तिमीप्रति मेरो सदा माया छ । तिमी नाचलाई प्रेम गर्छौ, कहिलेकाहीं त्यो प्रेम पनि खराब निस्कन्छ’, सामले इन्स्टाग्राममा लेखेका छन् ।
उनी कहिलेसम्म अस्पतालमा बस्छिन् र कहिले डिस्चार्ज हुन्छिन् भन्ने केही उल्लेख गरिएको छैन । सामले ब्रिटनीसँगै योगा गर्ने गरेको उल्लेख गरेका छन् ।