साप्ताहिक संवाददाता
फाल्गुन १६, २०७६
नेपाली कथानक चलचित्र ‘जारी’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरले जोडी बाँधेको यो चलचित्रको पहिलो पोस्टरसँगै रिलिज मिति पक्का गरेको छ । यो चलचित्र आगामी वर्षको २३ गतेबाट अल नेपाल रिलिज हुने छ ।
रामबाबु गुरुङले लगानी गरेको चलचित्रमा ‘जारी’मा उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको छ सुब्बाले यही चलचित्रबाट निर्देशनमा डेब्यू गरेका हुन् ।
चलचित्रको पहिलो पोस्टरमा दया र मिरुनालाई देखाइएको छ । बिहे गरेर हिडेका दम्पत्तीको भेषमा २ कलाकारलाई प्रस्तुत गरिएको छ ।