साप्ताहिक संवाददाता
सन्तान जन्मिएपनि बलिउड अभिनेत्री करिना कपुरको शारिरिक वनावटमा खासै फरक परेको छैन । उनी अहिलेपनि उस्तै सुन्दर छिन् । उनी सँगैका धेरै अभिनेत्रीहरु कामविहिन भैरहेका बेला करिनालाई चलचित्रको कुनै कमी छैन ।
एकपछि अर्को हिट चलचित्र हातमा परिरहेका छन् । हालै करिनाले आफु सधै सुन्दर र फिट हुनुको राज खोलेकी छिन् ।
करिना नियमित वर्कआउट गर्छिन् । यसबाहेक उनी स्वस्थ खानपानमा असाध्यै ध्यान दिन्छिन् । करिनाले बताएअनुसार उनले हरेक दिनको सुरुवातमा मनतातो पानीमा कागती राखेर पिउँछिन् ।
करिना सकेसम्म घर बाहिरको खानपान गर्दिनन् । उनी साँझ बिहान १० वजेदेखि ११ बजेसम्म खाना खाइसकेकी हुन्छिन् । रातको ८ वजेसम्म डिनर गरिसकेकी हुन्छिन् । करीना स्वास्थ्यको लागि हरेक दिन जिम गइरहन्छिन् । साथै उनी बक्सिङ क्लास पनि लिइरहेकी छिन् । विभिन्न तरिकामा आफ्नो फिटनेसको ध्यान राख्छिन् । उनी हप्तामा ४ दिन वर्कआउट गर्छिन् । खानपानसँगै उनी सफा पानी पिउँछिन् ।
करिनाले यो पनि खुलासा गरेकी छिन् कि, हरेक व्यक्ति दिनभर सकारात्मक सोच्ने र सकारात्मक तरिकाले काम गर्ने हो भने धेरै फिट हुन सकिन्छ । उनी अहिले आमिर खानको चलचित्र ‘लाल सिंह चड्डा’को छायांकनमा व्यस्त छिन् । यो चलचित्र क्रिसमसको अवसरमा प्रदर्शन हुनेवाला छ ।