साप्ताहिक संवाददाता
फाल्गुन १८, २०७६
‘ए झण्डा तिमी सधैँ फर्फराउनु
मरिजाउँला म त यसै उसै
तिमी सधैँ मुस्कुराउनु
तिमी सधैँ लहराउनु’
राष्ट्रिय भावका गीत कम हुँदै गएको पछिल्लो समय गायक रामकृष्ण ढकालको अवाजमा सार्वजनिक भएको गीतको अंश हो यो । गायक ढकालले गाएको सार्वजनिक गीत गीतकार रमेश दहालले लेखेका हुन् । गीतमा सङ्गीतकार सन्तोष श्रेष्ठको संगीत सुन्न सकिन्छ ।
गीतमा विभिन्न देशका सयौँ झण्डाहरुबीच नेपाली राष्ट्रिय झण्डाको गरिमा सधैँ उच्च हुनुपर्छ भनिएको छ । झण्डाहरुको माझ नेपालको झण्डा सधैँ उच्च रहनुपर्छ र यसले नेपालको सम्पूर्ण भूगोल समेटेर राख्नुपर्छ । नेपाली झण्डाले मेची र काली, हिमाल, पहाड र तराई अनि जातजाती बीच सधैँ समानता कायम गर्न सकोस् भन्ने आसय गीतमा व्यक्त गरिएको छ ।
सार्वजनिक गीतमा मनोहर सुनामले सङ्गीत संयोजन र भोला पौडेलले ध्वनि सम्पादन गरेका छन् ।
गीत :