साप्ताहिक संवाददाता
फाल्गुन १९, २०७६
काठमाडौं
इन्टरटेनमेन्ट वल्र्डवाइडको ब्यानरमा निर्माण हुन गइरहेको चलचित्र ‘पे्रम पूजा’को अभिनेत्रीका लागि निर्माण टिमले अडिसन आह्वान गरेको छ । यो चलचित्रमा मुख्य अभिनेत्रीको रुपमा काम गर्न इच्छुक युवतीहरूले संसारभरबाट भाग लिन सक्ने निर्देशक अमरदीप सापकोटाले बताए ।
१९ देखि २५ बर्ष उमेर समुहका ५.४ इन्चभन्दा अग्ला युवतीले अडिसनमा भाग लिन सक्ने जनाइएको छ । अडिसनमा भाग लिनका लागि कुनै शुल्क समेत नलाग्ने निर्माण टिमले स्पष्ट पारेको छ ।
अभिमन्यु निरबीको लेखनमा तयार भइरहेको चलचित्रमा अभिनेता यसअघि फाइनल भइसकेका छन् । तर, निर्माण टिमले उनको नाम सार्वजनिक गरेको छैन । चलचित्र २०७७ को दसैंमा नेपाल लगायत विदेशका विभिन्न शहरमा एकसाथ रिलिज गर्ने निर्माण टिमको तयारी छ । आगामी बैशाखको सुरुवातबाट चलचित्र छायांकनमा जाने बुझिएको छ ।