साप्ताहिक संवाददाता
फाल्गुन १९, २०७६
अमेरिकी अभिनेत्री एलिजाबेथ मोसले आफ्नो अभिनय करियरमा तीन गोल्डेन ग्लोब्स र दुई एमी एवार्ड जितेकी छन् । ती एवार्डलाई उनी निकै सुरक्षित किसिमले राख्न चाहन्छिन् । उनले ती एवार्डहरू कुनै दराजमा राख्नुभन्दा अझ राम्रो स्थानको विकल्प सोचेको बताएकी छन् ।
‘मेरो अपार्टमेन्टमा केही यादगार वस्तु दराजमा थन्किएका छन् । ती यादगार वस्तुलाई कुनै ग्लास क्याबिनेटमा राख्नुपर्ने अवस्था आइसकेको छ, जहाँ यी वस्तु सुरक्षित हुन्छन्,’ उनले भनेकी छन् । यी अभिनेत्रीले साइन्टिफिक हरर थ्रिलर चलचित्र ‘द इनविजिबल मेन’बाट अभिनयमा पुनरागमन गरेकी छन् ।