साप्ताहिक संवाददाता
फाल्गुन २०, २०७६
मनिसराज अधिकारी नयाँ गीतका साथमा बजारमा आएका छन् । अधिकारीले आफ्नै शब्द तथा संगीतमा ‘त्यो रात’ बोलको गीत रिलिज गरेका हुन् ।
गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको छ । शिशिर खत्रीले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा ज्योत्स्ना योगीका साथमा गायक अधिकारीनै देखिएका छन् ।
संकल भुजेलले छायांकन गरेको भिडियो बनिश शाहले सम्पादन गरेका छन् ।
गीतको म्यूजिक भिडियो :