साप्ताहिक संवाददाता
फाल्गुन २१, २०७६
काठमाडौं
चलचित्र ‘हिरो रिटर्न्स’को ट्रेलर सार्वजनिक गरिएको छ । आज बुधबार एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले यो चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।
सार्वजनिक चलचित्रको ट्रेलर एक्सन प्रधान छ । ट्रेलरमा रेखा थापा र सविन श्रेष्ठको एक्सनलाई विशेष रुपमा समाबेश गरिएको छ भने दिल श्रेष्ठ, सरोज खनाललाई समेत फिचर्ड गरिएको छ ।
पटक–पटक सर्दै आगामी बैशाख २६ गते प्रदर्शन मिति तय गरिएको यो चलचित्रलाई आशिष भेटवालले निर्देशन गरेका हुन् । धुर्व तारा फिल्म्स र सोम ओम फिल्म्सको संयुक्त व्यानरमा निर्माण गरिएको ‘हिरो रिटर्न्स’लाई भिम न्यौपाने र धुर्व न्यौपानेले निर्माण गरेका हुन् ।
शिवम अधिकारीको लेखन, कास्यप घिमिरेको छायांकन तथा मित्र डि गुरुङको सम्पादनमा चलचित्र तयार भएको हो ।