साप्ताहिक संवाददाता
नेपाली कथानक चलचित्र ‘म यस्तो गीत गाउँछु २’ले सेन्सर पास गरेको छ । अभिनेता पल शाह तथा पूजा शर्माले शिर्ष भूमिकामा रहेर अभिनय गरेको चलचित्रले पीजी सर्टिफिकेट प्राप्त गरेको छ ।
अब यस चलचित्र हेर्दा १६ वर्ष भन्दा कम उमेरका दर्शक अभिभावकको साथमा हुनु पर्ने छ । सुदर्शन थापाले निर्देशन गरेको यो चलचित्रमा पल र पूजाको म्युजिकल लभ स्टोरी र रोमान्स हेर्न सकिन्छ ।
फागुन ३० गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको चलचित्रमा पूजा र पलकाका साथमा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकार पनि शिर्ष भूमिकाम देखिने छन् ।
चलचित्रको कथा शिवम अधिकारी र दिनेश न्यौपानेले लेखेका हुन् । बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको चलचित्रलाई सौरभ लामाले खिचेका हुन् ।
चलचित्रमा संगीतकार अर्जुन पोख्रेलको संगीत सुन्न सकिन्छ ।