साप्ताहिक संवाददाता
ब्लड क्यान्सरबाट पिडित पत्रकार कमल पौडेललाई हङकङबाट ५० हजार रुपैया सहयोग रकम प्रदान गरिएको छ । पत्रकार महासंघ हङकङका क्रियाशिल सदस्यहरुले संकलन गरेको रकम पौडेललाई हस्तान्तरण गरिएको हो ।
सहयोगका लागि पत्रकार किसन राई, जगत अम्बु गुरुङ, कृष्ण गुरुङ, डम्बरकृष्ण श्रेष्ठ, अनोज रोक्का, मज्जाको राई, टिबी याक्खा, कृष्ण लावती, मगेन्द्र राईले रकम संकलन गरेका थिए ।
जनआस्था साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पौडेलले नेपाल समाचारपत्रमा बरिष्ठ सह-सम्पादकको रुपमा लामो समय क्रियाशिल पत्रकारिता गरे । हाल विराटनगरबाट सञ्चालित मकालु टेलिभिजनका समाचार प्रमुखका रुपमा आवद्धतासँगै आमसञ्चार बिषयमा अध्यापन गराईरहेका छन् ।
सोमबारबाट किमो शुरु गरिएको पत्रकार पौडेलको उपचारको लागि करिब ३० लाख नेपाली रुपैया लाग्ने वानेश्वरस्थित सिभिल अस्पतालले जनाएको छ । श्रीमती दुई छोरा र एक छोरी रहेका पौडेलको उपचार खर्च रकम संकलनका लागि विभिन्न देश तथा विदेशमा रहेका पत्रकारहरुले अभियान थालिरहेका छन् ।
हामीले हङकङमा पत्रकारिता गरिरहेका सदस्यहरुबाट सहयोग रकम संकलन गरेका हौं । पत्रकारिताको माध्यमबाट निरन्तर समाज र सत्यको आवाज बोलिरहेका पौडेललाई केहि राहत अवश्य मिल्नेछ महासंघ हङकङका अध्यक्ष किसन राई बताउँछन् ।