साप्ताहिक संवाददाता
फाल्गुन २४, २०७६
काठमाडौं
मिस वल्र्ड टोनी एन सिंह तीन दिनको भ्रमण तालिका अनुसार नेपाल आएकी थिइन् । उनी शुक्रवार हेलम्बुमा निर्माणाधिन हिमालय ग्रेट ट्रोलको अवलोकन गरिन् । टोनीले हेलम्बु कै सोल्सिङ गाउँमा मिस नेपाल वल्र्ड अनुष्का श्रेष्ठले निर्माण गरिरहेको प्रोजेक्टको पनि अवलोकन गरिन् ।
टोनीले मकवानपुरमा श्रृंखला खतिवडाले तयार गरिरहेको प्रोजेक्टलाई पनि अवलोकन गरेकी थिइन् । साथसाथै हिजो शुक्रवार अन्नपुर्ण होटलमा मिस नेपाल आयोजक संस्था हिडन ट्रेजर र होटल अन्नपुर्णले आयोजना गरेको भेटघाट कार्यक्रममा पनि सहभागि भइन् । उक्त कार्यक्रमको रोचक पक्ष त के थियो भने अहिलेसम्मका अधिकांश मिस नेपाल उपस्थित थिए ।
तस्विरहरु : महेश प्रधान