फाल्गुन २७, २०७६
भारतीय टेलिभिजन उद्योगको कमेडी किङ मानिने कपिल शर्मा यतिबेला छुट्टी मनाइरहेका छन् । उनले एक तस्बिर इन्स्टाग्राममा राखेर आफू छुट्टी मनाइरहेको जनाउ दिएका हुन्, तर उनी कुन ठाउँमा छन् भन्ने कुरा उल्लेख गरेका छैनन् । त्यसो त कपिल आफ्नो भ्याकेसनलाई जहिल्यै गोप्य राख्छन् ।
तस्बिर हेर्दा आकर्षक ठाउँमा आनन्द लिइरहेको देख्न सकिन्छ । कपिलको अगाडि समुद्र रहेकाले उनी विदेशको कुनै भूमिमा रहेको अनुमान गरिएको छ । पछिल्लो पटक सन् २०१९ को जुलाईमा कमेडी शोबाट ब्रेक लिएर पत्नी गिनी चतरथका साथ क्यानाडा पुगेका थिए ।
उसो त कपिल धेरै समय ब्रेक लिँदैनन् । उनी प्राय: काममै व्यस्त हुन्छन् । उनी बाहिर घुम्न निस्कँदा शोका सहकर्मी साथीहरूलाई लिएरै जाने गर्छन् ।