साप्ताहिक संवाददाता
फाल्गुन २७, २०७६
कोरोना (कोभिड–१९) भाइरसको संक्रमणको बिषयमा अहिले समाजिक संजालमा विभिन्न गलत सुचनाहरु प्रवाह भैरहेको विशेषज्ञहरुले जनाएका छन् । यस्ता किसिमका सुचनाहरुलाई आधार बनाएर अपनाइदा इरानमा मदिरा पिएर २७ जनाको ज्यान गएको छ । मदिराले कोरोना भाइरसको संक्रमण रोक्छ भन्ने गलत सुचनालाई पत्याएर मदिरा पिउदा उक्त मदिरा बिषाक्त भएपछि उनीहरुको मृत्यु भएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।
अहिले कोरोना भाइरसको संक्रमणवाट बच्ने धेरै अपत्यारिला उपायहरु समाजिक संजालमा ब्याप्त भएपछि साप्ताहिले शुक्रराज ट्रपिकल अस्पताल, टेकुका प्रवक्ता एवं प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोलासंग भेटेर कोरोना भाईरसको संक्रमणवाट बच्ने उपाय, यसको रोकथामका उपायहरु बिषयमा भिडियो तयार पारेको छ ।