साप्ताहिक संवाददाता
नेपाली कथानक चलचित्र ‘हजार जुनीसम्म’ नेपाली भाषी रहेका भारतका केही सहरमा प्रदर्शन हुने भएको छ । विकासराज आचार्यले निर्देशन गरेको यो चलचित्र आगामी मार्च १३ बाट सिलीगुडीको इनोक्स सिटी सेन्टर, इनोक्स भेजामल, कार्निभलमा प्रदर्शन गरिने भएको हो ।
चलचित्र ‘हजार जुनीसम्म’ दार्जिलिङको इनोक्स रिङ्क मल, कुर्सियोङ्गको फान्टासिया, कालिम्पुङको ड्रिम थियटर, सिक्किमको ड्रिम थियटर, गान्तोकको डेन्जोङ्ग हल र नाम्चीको इपेरियल टाकिज लगायतका हलमा प्रदर्शन हुने बताईएको छ । चलचित्रमा सिक्किमको प्राकृतिक सुन्दरता कैद गरिएकाले सिक्किमका दर्शकलाई विशेषगरि चलचित्र हेर्न निर्माण पक्षको आग्रह छ ।
चलचित्रमा आर्यन सिग्देल, स्वस्तिमा खड्का, अनुभव रेग्मी, सलोन बस्नेत, सञ्चिता लुईंटेल, शिवहरी पौडेलल लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन् ।