साप्ताहिक संवाददाता
नेपाली सञ्चार क्षेत्रमा चिनिएको नाम हो– नरेश भट्टराई । उनी काठमाडौंमा हुने अधिकांश कार्यक्रममा उद्घोषकका रुपमा देखिन्छन् । उनै नरेश भट्टराई पछिल्लो समय एक म्यूजिक भिडियोमा आफ्नी प्रेमीकाको बाटोको काँडा पन्छाउँदै आएका छन् । उनको यो रुप गायक सपन कुमार राईको पछिल्लो ‘बाटोको काँडा’बोलको गीतको म्यूजिक भिडियोमा देख्न सकिन्छ ।
नरेश भट्टराई ८ बर्षको विश्रामपछि पुन: म्युजिक भिडियोमा देखिएका हुन् । उनले थुप्रै म्यूजिक भिडियो, केहि चलचित्र तथा सिरियलमा अभिनय गरेका छन् । नरेशलाई सार्वजनिक म्यूजिक भिडियोमा रेबिका गुरुङले जोडीका रुपमा साथ दिएकी छिन् ।
सार्वजनिक गीतमा तारा प्रकाश लिम्बुको शब्द तथा संगीत सुन्न सकिन्छ । साज शाक्यले संगीत संयोजन रहेको गीतको म्यूजिक भिडियोलाई मिलन चाम्सले गरेका हुन् ।
राम कुमार केसीले छायांकन गरेको म्यूजिक भिडियो ध्रुब पराजुली (प्रज्वलित) ले सम्पादन गरेका हुन् ।
गीतको म्यूजिक भिडियो :