फाल्गुन २८, २०७६
आफ्ना पछिल्ला दुई चलचित्र ‘वार’ र ‘सुपर ३०’को व्यावसायिक सफलताबाट चर्चामा आएका अभिनेता ऋतिक रोशनको ध्यान अब हलिउडतिर लम्केको छ । भारतीय समाचारमाध्यमलाई आधार मान्ने हो भने अभिनेत्रीद्वय प्रियंका चोपडा र दीपिका पादुकोणको पाइला पछ्याउँदै उनी हलिउडमा काम गर्ने तयारीमा छन् । अमेरिकाको क्यालिफोर्नियामा गेर्श एजेन्सीले ऋतिकलाई अनुबन्ध गरिसकेको छ ।
ऋतिकका म्यानेजर अमृता सेन र भारतीय क्वान कम्पनी मिलेर यो हलिउड यात्रा तय भएको हो । ‘ऋतिक मेहनती कलाकार हुन् । पछिल्लो २० वर्षमा ऋतिकले भारतीय चलचित्रलाई एउटा नयाँ उचाइमा पुर्याएका छन् ।
ग्लोबल मार्केटको हिस्सा बन्न पाउँदा ऋतिक उत्साहित छन्’, अमृताले भनेकी छन्, ‘ऋतिकसँगको गेर्शको सम्झौताले ऋतिकको भिजनलाई विश्वमाझ पुर्याउन भूमिका खेल्नेमा आशावादी छौं ।’ हाल दिन ऋतिक ‘क्रिस ४’ को तयारीमा व्यस्त छन् ।