साप्ताहिक संवाददाता
सङ्गीतकार, गायक, गीतकार एवम सङ्गीत सम्योजक बि.बि. अनुरागीलाई पोखरामा ‘धुन सम्राट’ उपाधि सहित सम्मान गरिएको छ । अनुरागीलाई सम्पदा कला मन्दिरले उक्त सम्मान प्रदान गरेको हो । अनुरागी लामो समयदेखी सङ्गीत, गायन, गीत लेखन र सङ्गीत संयोजन जस्ता गीत/संगीतका बिबिध बिधामा सक्रिय रहदै आएका छन् ।
कला मन्दिरले नेपाली गीत/संगीत क्षेत्रमा अनुरागी अलग्गै खुबी भएको सर्जक भनेर उल्लेख गरेको छ । सम्मानित भएपछि संगीतकार अनुरागीले उक्त सम्मानले आफूलाई खुसीका साथै चिन्तित बनाएको उल्लेख गरेका छन् । उनले भनेका छन्– ‘यति ठूलो उपाधी सहितको यो सम्मानले अत्यन्तै खुसी छु र चिन्तित यो मानेमा छु कि यो सम्मानको लायक म थिएँ या थिइन फेरि पनि मलाई यो सम्मानको भारी बोकाउनु भयो, यो बोकेर गन्तब्यमा पुग्न मैले धेरै बाटो तय गर्नु छ । यो उपाधिले हौसला र चुनौती दुबै थपेको छ ।’
सर्जक अनुरागी सहित चलचित्र निर्देशक घनश्याम लामिछाने, साहित्यकार रमा प्राशर, कलाकार मिलन शेरचन, लोक गायक पद्मराज ढकाल, प्रा.डा. याम बहादुर पौडेल क्षेत्री, बिश्वमोहन गौचन, दिपेन्द्र सुनार, लगायतका बिबिध क्षेत्रका ब्यक्तित्वहरुलाई पनि सोही कार्यक्रममा सम्मान गरिएको थियो ।
धुन सम्राट उपाधिबाट बिभुषित अनुरागीले लोक, लोकपप, लोक दोहरी, आधुनिक, पप, चलचित्र, विभिन्न भाषा भाषिका र चाड विशेष लगायतका बिबिधतापूर्ण झन्डै १५०० भन्दा बढी गीतमा धुन (सङ्गीत) भरेका छन ।े करीव ८ हजार गीतमा सङ्गीत सम्योजन गरेका छन ।