साप्ताहिक संवाददाता
अभ्यानी प्रोडक्सनको आयोजनामा सम्पन्न ‘जुनियर मोडल वर्ल्ड २०२०’ को उपाधी काब्या खड्का र युनिस खड्काले जितेका छन् । ‘मिस जुनियर मोडल २०२०’ को उपाधि जितेकी काब्याले नेपाललाई ईजिप्टमा हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता इन्टरनेश्नल टेलिभिजन मोभमेन्ट अफ चाइल्ड क्रियटिभिटीमा प्रतिनिधित्व गर्न पाउनेछिन् ।
प्रतियोगीतामा फस्ट रनरअप रविना सिलवाल बनिन् । उनले मिसफेसन आईकनको उप–विधाको स्थान हात पारिन् र सेकेन्ड रनरअप शृजु लामाले मिस पर्सनालिटीको उपाधी जित्न सफल भइन् ।
लिटिल मिस तर्फको उपाधि भने ओशिन महर्जनले हात पारिन् । उनले नेपाललाई टर्कीमा हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता फ्युचर फेसन फेसेज वल्र्डमा प्रतिनिधित्व गर्नेछिन् । त्यसैगरी उनले मिस पपुलरको उपाधि पनि हात पारिन् । त्यसैगरी दिया ठकुराठीले फस्ट रनरअपको स्थान प्राप्त गर्नुका साथै बेस्ट ह्याण्डराइटिङ एवार्ड समेत प्राप्त गरिन् ।
‘मिस्टर जुनियर मोडल २०२०’ को उपाधिसँगै युनिस खड्काले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा प्रतिनिधित्व गर्नेछन् । उनले मिस्टर फोटोजेनिक र मिस्टर ह्यान्डसम एवार्ड पनि हात पारेका थिए । यस्तै, फस्ट रनरअप निशान्त सुर्खेती र सेकेन्ड रनरअप सहर्ष अधिकारी भएका छन् ।
मिस्टर र मिस ट्यालेन्टको उपाधि भने पवन रिमाल र मान्सी खड्काले जितेका छन् । त्यसैगरी किशिका श्रेष्ठले भूयुअर्स च्वाइस एवार्ड जित्न सफल भएको अभ्यानी प्रोडक्सनका सिइओ अभिविन्द खनियाले बताए । अभ्यानी प्रोडक्सनले विगत लामो समयदेखि विभिन्न प्रकारका इभेन्ट गर्दै आएको छ । प्रोडक्सनले छिट्टै अर्का कार्यक्तम घोषणा गर्ने तयारीमा रहेको आयोजकले जनाएको छ ।