फागुन ३० देखि चैत्र ६ गतेसम्मको राशिफल

- रामप्रसाद सिटौला (फलित ज्योतिष)

फाल्गुन ३०, २०७६

चैत ३ गते अष्टमी व्रत:। 

मेष : 

साथीको सहयोगले हौसला प्राप्त हुनेछ । क्षमता प्रदर्शन गर्ने अवसर मिल्नेछ । अभिभावकबाट प्राप्त सुझावले अधुरा कार्य पूर्ण गर्न सहयोग पुग्नेछ । परोपकार कार्यमा रुचि बढ्नेछ । असहज परिस्थितिबाट उम्कन सोचेभन्दा बढी खर्च हुनेछ । साताको अन्त्यतिर स्वास्थमा ध्यानदिनु होला ।

वृष : 

थौरै लगानीले सुरु गरेका व्यवसायले उचाइ लिइ मुनाफा आर्जन गर्न केही समय कुर्नु पर्नेछ । साझेदारीबाट थालिएका कामले फाइदा पुर्‍याउादै अन्य अवसरका ढोका खोल्ने छन् । रोजगारी तथा पदोन्नति प्राप्त गर्न कडा मेहनत गर्नुपर्ला । व्यवसायका सिलसिलामा विदेश यात्राको योजना तय हुनेछ । 

मिथुन : 

मित्रहरूले दिएका वचन फेरिन सक्छन्, हेक्का राख्नु होला । प्रतिस्पर्धा गर्दा सम्मानजनक स्थान पाइनेछ । विभिन्न बाधा तथा झन्भट स्वत: फुकुवा हुने छन् । हरियो रंगको रचनात्मक प्रयोगले लाभ हुने देखिन्छ । साताको अन्त्यमा फजुल खर्चले सताउला ।

कर्कट : 

प्रेमिकाले नयाा स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छिन् । पूर्वयोजना बेगर आकस्मिक यात्रा गर्नाले नसोचेको खर्च आइलाग्नेछ । वैदेशिक क्षेत्रमा गरिएका कामबाट प्रतिष्ठा प्राप्त भई पदोन्नति तथा इनामसमेत हात पर्नेछ । इच्छा बेगरै भोजभतेर तथा मनोरञ्जनमा उपस्थिति जनाइनेछ ।  

सिंह : 

राजनीतिक विचार परिवर्तन भई परोपकार तथा पुण्य आर्जनका काममा संलग्न भइनेछ । परिस्थिति पहिचान गर्न सके प्रतिष्ठा पाइनेछ । मित्रले दिएका वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नु पर्ला । अरूको मुख ताक्नाले पछि परिएला । सावधान रहनुहोला ।             

कन्या : 

प्रेमिकाको प्रस्तावलाई आलटाल गर्नाले आपसमा दूरी बढ्ने सम्भावना छ । समाजका समस्या सम्बोधन गरी युवा अभियानको नेतृत्व गर्ने अवसर मिल्नेछ । पूर्वयोजना सफल भई परिणाम हात पर्दा खुसी बढ्नेछ । यात्रामा सचेतता अपनाउनुहोला ।

तुला  : 

दिगो फाइदा हुने काम सुरु गर्ने अवसर जुट्नेछ । साथीभाइसाग यात्रा गर्दा खर्चको भार आफूमा पर्नेछ । छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । प्रलोभन देखाउनेबाट टाढा हुादै राम्रो होला । रात्रिकालीन मनोरन्जनले स्वास्थमा बाधा पर्नेछ । 

वृश्चिक : 

पर्यटकीय स्थलमा प्रेमिकासागको भ्रमणले अरूको मन लोभ्याउनेछ । बिनायोजना पहिरन तथा गहना खरिद गर्दा खर्चले पिरोल्न सक्छ । पारिवारिक सल्लाहले चुनौतीलाई परास्त गर्न सहज हुनेछ । राज्यस्तरमा थलिएका प्रशासनिक कामबाट सहयोग मिल्नेछ । साताको अन्त्यतिर मठ मन्दिर परिक्रमा गरिनेछ ।

धनु  : 

अनुभव नभएको व्यवसायमा मुनाफा दिलाउन प्रेमिकाले सहयोग गर्नेछिन् । अपरिचितलाई छिटो विश्वास गर्दा आर्थिक नोक्सानी हुने खतरा छ, विचार पुर्‍याउनुहोला । व्यवसायको क्रममा यात्रा गर्नुपर्ने हुनसक्छ । साताको अन्त्यमा सामाजिक सेवा गर्ने अवसर मिल्नेछ, जसले प्रतिष्ठा बढाउनेछ । 

मकर : 

प्रेमिकाको भाषा परिवर्तनले मनमा दुविधा उत्पन्न हुनसक्छ । त्यसैले प्रेमिकाको भावना बुझ्ने प्रयास गर्नुहोला । विभिन्न सभा सम्मेलनमा सहभागिता जनाउने अवसर मिल्नेछ । आकर्षक जिम्मेवारीले विशेष फाइदा पुग्नसक्ने देखिन्छ । व्यवसामा नयाा मित्रको आगमनले आर्थिक समस्या टरेर जानेछ । साताको अन्त्यतिर पारिवारिक भेटघाटमा रमाइनेछ ।

कुम्भ : 

ठूलो लगानीमा गरिएको कामले लाभ दिलाउनेछ । कुनै पनि काम गर्दा अभिभावकको रुचिलाई पनि ख्याल गर्नुहोला । पेटसम्बन्धी समस्याले पिरोल्न सक्छ । पश्चिमतर्फको यात्रामा सहभागी हुदाा नीलो रंगको प्रयोग गर्नु उत्तम हुनेछ । 

मीन : 

परिस्थितिले खराब आचरण भएकाको संगतमा पुर्‍याउन सक्छ । मित्रहरूले सोचेजस्तो सहयोग नगर्दा बन्न लागेका काममा तगारो लाग्ने सम्भावना छ । किचलो र विवादबाट टाढा रहादा नै कल्याण होला । साताको अन्त्यमा मन मिल्ने साथीसाग रमाइलो भेटघाट हुनेछ ।

प्रकाशित :फाल्गुन ३०, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×