साप्ताहिक संवाददाता
अभिनेत्री रेखा थापा अभिनित चलचित्र ‘हिरो रिटन्र्स’ प्रदर्शनको संघारमा छ । उक्त चलचित्रको ट्रेलर सार्वजनिक समारोहमा उपस्थित थापा र सञ्चारकर्मीबीच केही क्षण दोहोरी चल्यो । चलचित्रका बारेमा जानकारी दिने क्रममा अभिनेत्री थापाले सञ्चारकर्मीलाई ‘कहिलेकाहीँं नि:शुल्क काम गर्न’ आग्रह गरिन् ।
उनको आग्रहलाई केही अनलाइन सञ्चारकर्मीले ‘विज्ञापनको शुल्कमात्र लिएको’ भन्दै स्पष्ट मात्र पारेनन्, अभिनेत्री थापाले ‘अहिलेसम्म कुनै पनि चलचित्रमा पारिश्रमिक नलिइ अभिनय गरेकी छिन् त ?’ भन्ने जिज्ञासा समेत राखे । जवाफमा रेखा केही अक्मकाइन् र भनिन्, ‘विगतमा केही चलचित्रमा पारिश्रमिक नलिई अभिनय गरेकी छु ।
‘हिरो रिटन्र्स’ चलचित्रमा पनि मैले पारिश्रमिक लिएकी छैन ।’ रेखाले चलचित्रमा पारिश्रमिक नलिइ अभिनय गरेको कुरालाई सञ्चारकर्मीले ‘गफ’ का रूपमा बुझेका छन् । किनभने उनले विगतमा पारिश्रमिक नलिइ अभिनय गरेको कुनै पनि चलचित्रको नाम उल्लेख गरिनन् ।