साप्ताहिक संवाददाता
चैत्र ३, २०७६
कलाकार विल्सन विक्रम राईको स्वरमा ‘सेल्फी खिचौंला ए माया’ बोलको गीत सार्वजनिक भएको छ । मेलिना राईले गायनमा साथ दिएको उक्त गीत विल्सनले नै लेखेका हुन् । गीतमा दीपक शर्माले संगीत दिएका छन् ।
कमेडी शैलीमा तयार पारिएको गीतको म्यूजिक भिडियोमा बुद्धि तामाङ, रजनी गुरुङ, विक्रम धिमाल र विल्सन विक्रमले अभिनय गरेका छन् ।
गीतको म्यूजिक भिडियो विल्सनले निर्देशन गरेका हुन् । भिडियोमा सुरेन बसेलको कोरियोग्राफी रहेको छ । विक्रम डिसीले खिचेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन् ।
गीतको म्यूजिक भिडियो :