साप्ताहिक संवाददाता
पछिल्लो समय विश्वनै कोरोना भाइरसका बारेमा विभिन्न सचेतना फैलाइरहेको छ । विश्वव्यापी महामारीको रुप लिएको नोबल कोरोना भाइरसको संक्रमणविरुद्ध विभिन्न देशका सबै खाले पेशाकर्मीहरुले आ–आफ्नो स्थानबाट आफ्नै खाले भूमिका निर्वाह गरिरहेका छन् ।
बलिउड अभिनेत्री दीपिका पादुकोणले भारतीय क्रिकेटर विराट कोहली र विश्वचर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोलाई सचेतना अभियानमा देखिन आह्वान गरेकी छिन्। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चलाएको ‘सेफ ह्याण्ड’ सरसफाइ सचेतना अभियानमा सहभागी हुँदै दीपिकाले कोहली र रोनाल्डोलाई सचेतना अभियानमा जोडिन आग्रह गरेकी हुन् ।
डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एधानोम घेब्रेयिससले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सामाजिक सञ्जालमा हात धोएको भिडियो शेयर गरेर सचेतना फैलाउने अभियानमा हातेमालो गर्न बलिउड अभिनेत्री दीपिका र प्रियंका चोपडालाई अपिल गरेका थिए ।
’सेफ ह्याण्ड’ सरसफाइ सचेतना अभियानमा अर्की अभिनेत्री अनुष्का शर्मा पनि सहभागी भएकी छिन् ।
Thank You @DrTedros, for nominating me for the #SafeHands Challenge!#COVID19 surely is an uphill health and public safety task, but all of us are in this fight together!I further nominate @rogerfederer,@Cristiano and @imVkohli to take up this challenge! #coronavirus #StaySafe https://t.co/45glSxXkqP pic.twitter.com/7s7R4pIrrL
— Deepika Padukone (@deepikapadukone) March 17, 2020