साप्ताहिक संवाददाता
चैत्र ५, २०७६
काठमाडौं
कवि विश्व सिग्देलको पहिलो कविता संग्रह ‘तालीको समाजशास्त्र’ बजारमा आएको छ । दुई दशकदेखि कविता लेखनमा सक्रिय कवि सिग्देलको यसअघि अंग्रेजी संयुक्त कथा संग्रह ‘अब्सेसन’ प्रकाशित भएको थियो ।
यसपटक सार्वजनिक कविता संग्रह प्रेम, स्मृति र समसामयिक मुद्धामा केन्द्रित छ ।
उनी उन्मुक्त पुस्ता, पोस्टर कविता अभियानलगायत काव्यिक आन्दोलनसँग पनि जोडिएका थिए । संग्रहमा ४५ थान कविता समेटिएका छन् ।
‘अकाल–कुसुम’ले प्रकाशन गरेको संग्रहको मूल्य १ सय ५० रुपैयाँ रहेको छ ।