साप्ताहिक संवाददाता
‘स्टुडेन्ट अफ दि इयर–२’मार्फत बलिउडमा करिअर सुरु गरेकी अभिनेत्री तारा सुतारिया हालै नयाँ फिल्म ‘एक भिलेन–२’मा अनुबन्धित भएकी छिन् । यो फिल्ममा उनी अभिनयका अतिरिक्त गीत पनि गाउन भएकी छिन् । उनको गायन क्षमता पनि राम्रो भएका कारण निर्देशकले उनलाई फिल्मको गीत गाउने अवसर समेत उपलब्ध गराएका छन् ।
र, यसलाई लिएर तारा निकै उत्साहित छिन् । एक भारतीय मिडियासँगको कुराकानीमा उनले छिन्, ‘मलाई लाग्छ, यो फिल्ममा मलाई गीत गाउने मौका मिलिरहेको छ, यो यस्तो अवसर हो जसलाई लिएर म निकै आशावादी छु ।’
ताराले ‘बम्बई फेसन विक–२०२०’को दौरान यो विषय मिडियालाई बताएकी थिइन् । ‘एक भिलेन–२’मा तारा आदित्य राय कपुरको अपोजिटमा देखिँदैछिन् । खबरअनुसार उनी यो फिल्ममा सिंगरकै भूमिकामा देखिँदैछिन् । ११ मार्चबाट सुरु भएको यो फिल्मको सुटिङ अहिले कोरोना भाइरसकै कारण रोकिएको अवस्थामा छ ।