साप्ताहिक संवाददाता
चैत्र ८, २०७६
चलचित्र क्षेत्रमा अहिले विवाहको लहर चलेको छ । ऋचा शर्मा, प्रियंका कार्की, आँचल शर्मा लगायत कलाकारहरूको विवाहको चर्चा सेलाउन नपाउँदै अर्की अभिनेत्रीको पनि विवाहको लगन जुरेको छ ।
चलचित्र ‘क्याप्टेन’ बाट अभिनय क्षेत्रमा पदार्पण गर्ने अभिनेत्री तथा मोडल प्रियंका एमभीले विवाह गर्ने घोषणा गरेकी छिन् । गत साता नै प्रियंकाले आफ्नो प्रेमी सफल अधिकारीसँग औंठी साटासाट गरिसकेकी छिन् । उनीहरूको विवाहको मिति भने अर्को वर्षको मंसिरलाई निश्चित भएको बताइन्छ ।
प्रियंकाका हुनेवाला श्रीमान् पेसाले इन्जिनियर हुन् । प्रियंकाले गत भ्यालेन्टाइन डेको अवसर पारेर सफलसँगको प्रेमसम्बन्ध इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी थिइन् । प्रियंकाले क्याप्टेनपछि अन्य कुनै पनि चलचित्रमा अभिनय गरेकी छैनन् ।