साप्ताहिक संवाददाता
चैत्र ८, २०७६
अहिले रंगकर्मी अनुप बराल पोखरामा कलाकारिता सिकाउन व्यस्त छन् । ‘मास्टर्स क्लास विथ अनुप बराल’ नामक कार्यशालामा सहभागीलाई बरालले अभिनयमा निखारता ल्याउने कला सिकाइरहेका छन् ।
पोखरामै जन्मिएका उनले ‘एक्टर्स स्टुडियो नेपाल’ले तयार पारेको कार्षमा कक्षा लिइरहेका छन् । तीन महिनाको उक्त अभिनय कोर्ष स्थानीय सहरमै सिक्न पाएकामा पोखरेली कलाप्रेमी खुसी छन् ।
भारतको नेसनल स्कुल अफ ड्रामाबाट आफूले सिकेको कलासम्बन्धी ज्ञान आफ्नै सहरका कलाप्रेमीबीच बाँड्न पाउँदा खुसी लागेको बरालले बताए । बरालले पोखरामा नै आर्ट हब खोल्ने योजनासमेत सुनाए ।
‘पोखरालाई आर्ट हबका रूपमा विकास गर्ने योजना छ’, उनले भने, ‘बजेट अभावका कारण तत्काल काम अघि बढाउन अफ्ठयारो भइरहेको छ ।’ पोखरामा अनुपको निर्देशनमा नाटक मञ्चनको तयारी भइरहेको छ ।