साप्ताहिक संवाददाता
कोभिड–१९ भाइरस संक्रमणको कारण अहिले काठमाडौं उपत्यकाका शहरी क्षेत्रहरु प्रायः सुनसान हुन थालेका छन् । सरकारले सार्वजनिक ठाउँमा धेरै जना भेला नहुन, यातायात सेवालाई कम चलाउन र आफु मातहतका कार्यालयहरु धमाधम बन्द गर्न थालेपछि काठमाडौं सुनसान बन्दै गएको छ ।
बाक्लो बस्तिमा संक्रमण चाडैं फैलिने संत्रासका कारण ३–४ लाख मानिसले काठमाडौं छोडेर आफ्नो थातथलो गएको अनुमान गरिएको छ । सरकारले एसइइ परिक्षा स्थगित गरेपछि काठमाडौंमा रहेका धेरै मानिसहरुले यो शहरलाई छोडेका हुन् । फ्रान्सवाट केही दिन अगाडी काठमाडौं आएकी एक युवतीमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको घटना सरकारले सार्वजनिक गरेपछि काठमाडौंवासी अझ सर्तक भएको अनुमान गरिन्छ ।
साप्ताहिकका फोटो पत्रकार महेश प्रधान र नवराज वाग्लेले काठमाडौंका शहरको यथाअवस्थाको वारेमा खिचेका तस्विरहरु ।
असन
बसन्तपुर
बसन्तपुर दरवार क्षेत्र
भोटाहिटी
विजुली बजार
बिशाल बजार
क्षेत्रपाटी
दरवारमार्ग
इन्द्रचोक
नयाँ बजार
नयाँ सडक
सुन्धारा
ठमेल
बसन्तपुर