अहिले कोरोना भाइरसको प्रकोपबाट कुनै पनि देश अछुतो रहन सकेको छैन । जहाँ एकातिर अर्थव्यवस्थामा गहिरो प्रभाव परेको छ, त्यहीं यो भाइरसको प्रकोपले चलचित्र क्षेत्रमा पनि ठूलो नोक्सान भएको छ ।
कोरोना भाइरसले हलिउडमा यति धेरै प्रभाव पारेको छ कि विशेषज्ञहरूको कुरामा विश्वास गर्ने हो भने हलिउडले सायद कहिल्यै यो नोक्सानीबाट माथि उठ्न सक्ने देखिदैन ।
भनिन्छ, यदि कोरोना भाइरसको डरले जुलाई महिनासम्म नयाँ चलचित्रहरू प्रदर्शन भएनन् भने त्यसले चलचित्र उद्योगलाई कम्तीमा १ करोड २० लाख डलर (करिब डेढ अर्ब रुपैयाँ) को नोक्सानी हुन सक्नेछ ।
रिसर्च फर्म मेगिडमा वैश्विक मिडिया तथा मनोरञ्जनका वरिष्ठ उपाध्यक्ष माइक ब्लोक्समले भनेका छन्— ‘यो संकटका कारण बक्स अफिसलाई कति हानि हुन्छ, त्यसको आकलन गर्न नै असम्भव छ, तर थुप्रै मार्केटिङ तथा रिसर्च कम्पनीहरूले तीन महिना बन्दका क्रममा कम्तीमा १ करोड २० लाख डलर नोक्सानीको अनुमान लगाएका छन् ।’