हङकङमा पहिलो नेपालीमा कोरोना संक्रमण 

- अनोज रोक्का

चैत्र १३, २०७६

हङकङमा पहिलोपटक कोरोना संक्रमित एक नेपाली भेट्टिएका छन् । एकदशक देखि हङकङ बोवास गरिरहेका ति नेपालीलाई कोरोना (कोभिड–१९) संक्रमणको पुष्टि गर्दै अस्पताल भर्ना गरिएको हो ।  

गुरुङ थरका २८ बर्षे उनी हङकङकै चर्चित नाईट हव लाङ्काई फोङ्मा बार टेन्डरका रुपमा कार्यरत थिए ।

अत्यधिक जमघट हुने लाङ्काई फोङ्मा कोरोना संङ्क्रमणको आशंकामा क्वारेन्टाईनमा राखिएकाहरु पनि जान थालेपछि बार एरियालाई सम्भावित जोखिमको रुपमा राखिएको थियो ।

आफ्ना सहकर्मी साथीमा कोरोना संक्रमण देखिएसगै उनले गरेको परिक्षणमा रिपोर्ट पोजिटिभ आएको हो ।

गुरुङको अहिले हङकङ स्थित सेङ् सुई नर्थ डिष्ट्रिक आईसियुमा उपचार भईरहेको छ ।

दुतावासको आग्रह

हङकङ स्थित महावाणिज्यदुतावासले सम्पुर्ण नेपालीहरुलाई सर्तक रहन अपिल गरेको छ । हङकङमा पहिलोपटक नेपालीमा कोरोना संक्रमण देखिएसंगै दुतावासले सम्पुर्ण हङकङेली नेपालीहरुलाई सुरक्षित रहनका लागि अपिल गरेको हो ।

कोरोना संक्रमित गुरुङका साथीसंगत र अन्य नेपालीहरुमा पनि संक्रमणको शंका हुन सक्छ । यो समय आत्मविश्वासी भएर आफ्नो ख्याल गर्नुपर्ने समय हो महावाणिज्यदूत कमलप्रसाद भट्टराई भन्छन् ।

नेपालीहरुमा त्रास

नेपालीमा पहिलोपटक कोरोना संक्रमण देखिएसगै समुदायमा त्रास उत्पन्न भएको छ । हङकङमा सार्स रोगको महामारी हुदाँ एकजना नेपालीमा पनि संक्रमण देखिएको थिएन । त्यहि आत्मविश्वासले कोरोनाको संक्रमणमा हतपत्त परिदैन भन्ने भ्रम थियो स्थानिय सोनु सुब्बा भन्छिन् ।

जमघट, नेपाली सांस्कृतिक कार्यक्रम र असावधानीले नेपाली समुदायमा पनि प्रकोपको संक्रमण देखिन सक्ने देखिन्छ ।

नेपालका गुरुङसगै हङकङमा कोरोना संक्रमितको संख्या ४ सय १० पुगेको छ भने संक्रमणकै कारण ४ जनाले ज्यान समेत गुमाईसकेका छन् ।

प्रकाशित :चैत्र १३, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×