नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण १ सय ९९ देशमा फैलिसकेको छ । कोरोना भाइरसको नियमित जानकारी गराउँदै आएको वल्र्डोमिटर्सका अनुसार अहिलेसम्म विश्वभर ६ लाख ६४ हजार २ सय ९० संक्रमित छन् भने ३० हजार ८ सय ९० जनाको मृत्यु भैसकेको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै इटलीका छन् । जहाँ हालसम्म १० हजार २३ ले ज्यान गुमाएका छन् भने ९२ हजार ४ सय ७२ संक्रमित छन् । इटलीपछि सबैभन्दा धेरै संक्रमित हुने संख्या अमेरिकामा छ । अमेरिकामा हालसम्म १ लाख २३ हजार ७ सय ५० संक्रमित भएका छन् भने २ हजार २ सय २७ ले ज्यान गुमाएको वल्र्डोमिटर्सले जनाएको छ ।
कुन देशमा कति संक्रमित, कतिको मृत्यु ?
इटली र अमेरिका जस्तै स्पेनमा हालसम्म ५ हजार ९ सय ८२ ले ज्यान गुमाएका छन् भने त्यहाँ ७३ हजार २ सय ३५ जना संक्रमित छन् । यस्तै कोरोना भाइरसको उद्गमस्थल चीनमा ८१ हजार ४ सय ३९ जना संक्रमित छन् भने ३ हजार ३ सयको मृत्यु भएको छ । चीनमा हालसम्म ७५ हजार ४ सय ४८ जना उपचारपश्चात निको भैसकेका छन् । चीनमा अब २ हजार ६ सय ९१ मात्र संक्रमित छन् । चीनमा कोरोना भाइरसको प्रभाव कम हुँदै गए पनि युरोपेली र अमेरिकी मूलुकमा भने यसको प्रभाव दिनानुदिन बढ्दै छ ।
जर्मनीमा अहिलेसम्म ४ सय ३३ ले ज्यान गुमाइसकेका छन् भने ५७ हजार ६ सय ९५ जना संक्रमित छन् । जहाँ ८ हजार४ सय ८१ लाई निको भएको छ भने ४८ हजार ७ सय ८१ उपचाररत छन् । यस्तै, इरानमा हालसम्म २ हजार ५ सय १७, फ्रान्समा २ हजार ३ सय १४, बेलायतमा १ हजार १९, स्विजरल्याण्डमा २ सय ६४ ले ज्यान गुमाइसकेका छन् । नेरदल्याण्डमा ६ सय ३९, दक्षिण कोरियामा १ सय ५२, बेल्जियममा ३ सय ५३, अष्ट्रियामा ६८, टर्कीमा १ सय ८, क्यानडामा ६०, पोर्चुगलमा १ सय, नर्वेमा २३, अष्ट्रेलियामा १६, ब्राजिलमा १ सय १४, इजरालयलमा १२, स्विडेनमा १ सय ५ को ज्यान गएको वल्र्डोेमिटर्सले जनाएको छ ।
त्यसैगरी, स्विडेनमा १ सय ५, चेचन्यामा ११, आयरल्याण्डमा ३६, मलेसियामा २७, डेनमार्कमा ६५, चिलीमा ६, लक्जमबर्गमा १८, इक्वेडरमा ४८, जापानमा ५२, पोल्याण्डमा १८, पाकिस्तानमा १२, रोमानियामा ३७ र थाइल्याण्डमा ६ जनाको मृत्यु भएको छ । इन्डोनेसियामा १ सय २, फिलिपिन्समा ६८, ग्रिसमा ३२, भारतमा २४, आइसल्याण्डमा २, पानामामा १७, मेक्सिकोमा १६, अर्जेन्टिनामा १९, डोमिनिक रिपब्लिकमा २८, स्लोभानियामा ९, पेरुमा १६, सर्बियामा १०, इजिप्टमा ३६, इराकमा ४२, अल्जेरियामा २९, मोरक्कोमा २५, लेबनानमा ८, लिथोनियामा ७ र युक्रेनमा ९ ले ज्यान गुमाएको वल्र्डोेमिटर्सले जनाएको छ । यस्तै, हंगेरीमा ११, बुल्गेरियामा ७, ट्युनिसियामा ८, सानमारिनोमा २२ र अल्बानियामा १० को मृत्यु भएको छ । एन्डोरा, क्युबा, पाराग्वे र सिंगापुरमा ३÷३ को मृत्यु भएको छ । आइसल्याण्ड, दुबइ, कोस्टारिका, ताइवान, मोल्डोभा, भेनेजुयला र उज्वेकिस्तानमा २÷२ ले ज्यान गुमाएका छन् । यस्तै, रसिया, साउदी अरब, हङकङ, बहराइन, मेसेडोनिया, अजरबैजान र अफगानिस्तानमा ४÷४ को मृत्यु भएको छ । क्रोएसिया, साइप्रस, घाना र बंगलादेशमा ५÷५ को मृत्यु भैसकेको छ । यस्तै, दक्षिण अफ्रिका, इस्टोनिया, कतार, न्युजिल्याण्ड, अर्मानिया, उरुग्वे, जोर्डन, काजकिस्तान, बु्रनई, श्रीलंका, प्लालेस्टाइन, आइसल्याण्ड, नाइजेरिया, मार्टिनीक्यु, मोनाको, केन्या, ग्वाटेमाला र जमैकामा १÷१ जनाको ज्यान गएको वल्र्डोेमिटर्सले जनाएको छ ।
१ लाख ४२ हजारलाई निको भयो
विश्वभर संक्रमितको संख्या ६ लाख ६४ हजार २ सय ९० छ । जसमध्ये १ लाख ४२ हजार ३ सय ६६ उपचारपश्चात निको भएका छन् । संक्रमितमध्ये सबैभन्दा धेरै निको हुनेको संख्या चीनमा छ । जहाँ ७५ हजार ४ सय ४८ जनालाई निको भएको छ । अहिलेसम्मको तथ्यांकले कुल संक्रमितमध्ये २१.४३ प्रतिशतलाई निको भएको र ४.६ प्रतिशतको भाइरस संक्रमणबाट मृत्यु भएको देखाउँछ ।
५ प्रतिशतको अवस्था गम्भीर
यतिबेला विश्वभर कोरोनाबाट संक्रमित ४ लाख ९१ हजार ३४ बिरामी उपचार गराइरहेका छन् । जसमध्ये २५ हजार २ सय ७ को अवस्था गम्भीर रहेको वल्र्डोेमिटर्सले जनाएको छ । जुन उपचाररत कूल संख्याको ५ प्रतिशत हुन आउँछ ।