भारतमा आजका दिनसम्म कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण मृत्यु हुुनेको संख्या ३५ पुुगेको छ । १ हजार ३ सय ९७ जनामा संक्रमण पुुष्टि भएको छ भने १ सय २४ जना निको भएर घर फर्किसकेका छन् ।
यो महामारीको सामना गर्न अहिले नेपालमा झैं भारतमा पनि लकडाउन गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना संक्रमण वा यसले निम्त्याउने प्रतिकुल परिस्थितिमा सहयोग गर्ने उद्देश्यले ‘पिएम केयर कोष’ नै गठन गरेका छन् ।
शनिबार आफ्नो आधिकारिक ट्विटरमार्फत उनले सम्पूर्ण भारतवासीलाई कोषमा सहयोग गर्न आह्वान गरेका थिए । अपिल गरेको केही मिनेटमै बलिउड अभिनेता अक्षय कुुमारले भारू २५ करोड दिने घोषणा गरेका थिए ।
सहयोगको घोषणा गर्दै उनले लेखेका थिए, ‘यति बेला आम मान्छेको जीवनभन्दा महत्वपूर्ण केही छैन । त्यसैले हामीले आ–आफ्नो स्थानबाट जे–जति गर्न सकिन्छ, गर्नुपर्छ । म प्रधानमन्त्री कोषमा भारू २५ करोड सहयोग गर्दैछु । आउनुस्, जीवन बचाऔं । जीवन छ त, संसार छ ।’
अक्षयको मनकारी निर्णय अहिले फिल्मवृत्तमा प्रशंसाको विषय भएको छ । अक्षयले यो घोषणा गर्नासाथ उनकी श्रीमती ट्विंकल खन्नाले आफूलाई गर्व लागेको भन्दै ट्वीट गरेकी थिइन् ।
त्यसपछि अक्षयकै अभियानमा सहभागी हुुँदै अभिनेता वरुण धवनले कोषमा भारू ३० लाख सहयोग गरे । ट्विटरमा ‘देश छ त हामी छौं’ लेख्दै उनले यो रकम दिने घोषणा गरेका थिए ।
त्यस्तै बलिउड अभिनेत्री प्रियंका चोपडा र उनका श्रीमान निक जोनसले दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरूका निमित्त भन्दै प्रधानमन्त्रीको कोषसहित १० गैरसरकारी संस्थामा सहयोगको घोषणा गरे । तर, सहयोग रकम भने गोप्य नै राखेका छन् ।
पन्जाबी गायक गुरु रन्धावाले कोरोना राहत कोषका लागि आफ्नो बैंक बचतबाट २० लाख सहयोग गर्ने ट्विटरबाटै जानकारी गराए ।
त्यस्तै ‘बाहुुबली’ स्टार प्रभाषले पनि कोभिड १९ विरुद्ध लड्न विभिन्न राहत कोषमा भारू ४ करोड सहयोग गरेका छन् । ती मध्ये प्रधानमन्त्री राहत कोषमा तीन करोड र दुुई प्रदेश आन्ध्र र तेलंगानाका मुख्यमन्त्रीको राहत कोषमा ५०–५० लाख सहयोग गरेका छन् ।
यसैगरी कमेडियन कपिल शर्माले राहत कोषका लागि आफ्नो तर्फबाट ५० लाख सहयोग गर्दै सबैलाई सहयोगको आह्वान गरेका छन् ।
फिल्म स्टुडियो ‘टि सिरिज’का प्रमुुख भुुषण कुुमारले कोषका लागि भारू ११ करोड सहयोग गरेका छन् । कोषमा टिभी होस्ट एवम् एक्टर मनिष पलले २० लाख र ब्लकबस्टर फिल्म ‘कबिर सिंह’का निर्माता मुुरद खेतानीले २५ लाख सहयोग गरेका छन् ।
अभिनेता कार्तिक आर्यनले सोमबार प्रधानमन्त्री राहत कोषका लागि आफूले १ करोड सहयोग गर्ने घोषण गरे । ‘अरूले पनि सकेको सहयोग गर्नुस्,’ उनले अपिल समेत गरेका छन् ।
त्यस्तै अभिनेत्री कैटरिना कैफले ट्विटरमार्फत महाराष्ट्रको मुख्यमन्त्री राहत कोषमा सहयोग गर्ने जानकारी गराउँदै यो महामारीको मारले अत्यन्तै दुःखी बनाएको लेखेकी थिइन् । कति रकम सहयोग गर्ने, त्यो भने उनले खुलाइनन् ।
कमेडियन भुवन बमले मार्च महिनाको युुट्युुबबाट हुुने सम्पुुर्ण आम्दानी कोरोना राहत कोषमा दिने निर्णय गरेका छन् ।
बलिउडका रियल जोडी करिना कपुर र सैफ अली खानले समेत मंगलबाटर ट्विटमार्फत कोराना राहत कोषका लागि सहयोग गर्ने जानकारी गराए । तर, प्रियंकाको जोडीझैँ उनीहरूले पनि सहयोग रकम खुलाएनन् ।
बलिउड अभिनेता विक्की कौशलले प्रधामन्त्री राहत कोष र महाराष्ट्र मुुख्य मन्त्री कोषमा १ करोड सहयोग गर्ने घोषणा गरेका छन् । ‘कोरानाविरुद्धको यो लडाईंमा हामी सबै सँगै छौँ र सँगै जित्ने पनि छौं,’ उनले भनेका छन् । त्यस्तै अभिनेता कमल हसनले आफ्नो घरलाई नै अस्पताल बनाउन दिने घोषणा गरेका छन् ।
वरिष्ठ गायिका लता मंगेशकरले मंगलबार महाराष्ट्रको मुख्यमन्त्री कोषमा भारू २५ लाख सहयोगको घोषणा गरेकी छिन् ।
यसरी भारतमा मनकारी कलाकारहरू कोरानाविरुद्ध लडाईंमा आ–आफ्ना स्थानबाट जुटिरहेका छन् ।