कोभिड–१९ संक्रमणको त्रासले भारत पनि ‘लक डाउन’ छ । यस बेला अन्य कलाकारजस्तै बलिउड अभिनेत्री मलाइका अरोरा पनि घरमै बसिरहेकी छिन् । हालै उनले आफ्ना फ्यानसँग ‘लक डाउन’ तालिका शेयर गरेकी छिन् ।
मलाइकाले यो स्थितिमा आफूलाई मनपर्ने खानेकुरा पकाइरहेकी छिन् । अन्य समयमा खासै समय दिन नपाएको प्रसंग निकाल्दै उनले भनेकी छिन्, ‘यो समयमा कुकिङ र सरसफाइ गरिरहेकी छु । मीठो निद्रा सुत्ने र परिवारलाई समय दिने गरिरहेकी छु ।’
उनले ‘लक डाउन’सँगै सकारात्मक सोचको विकास गर्दै यस्ता खालका घरायसी काममा ध्यान दिएर समय बिताइरहेको बताइन् । यस क्रममा उनले कुकुरसँग खेल्दै गरेको तस्विर शेयर गरेकी थिइन् भने किचनमा पकाइरहेको भिडियो समेत शेयर गरेकी थिइन् ।
केही बर्षदेखि अभिनेता अर्जुन कपुरसँग प्रेम सम्बन्धमा रहेकी उनी बलिउडकी आइटम गर्लको रूपमा चर्चामा छिन् । उनका हरेक जसो पोस्ट र तस्विरले इन्टरनेटमा चर्चा पाउने गर्छ ।