साप्ताहिक संवाददाता
चैत्र २२, २०७६
लक डाउनको समयलाई सिर्जनशील बनाउने उद्देश्यसहित एसआरबिएन मिडियाले ‘मझेरी द लक डाउन कविता प्रतियोगिता’ आयोजना गर्ने भएको छ ।
प्रतियोगितामा सहभागी हुन आफूले रचना गरेको कविता वाचन गरेको भिडियो, क्यामेरा वा मोबाइलले खिचेर आयोजकलाई [email protected] मा पठाउनु पर्ने छ ।
प्रतियोगितामा प्रथम हुनेले १ लाख, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । प्राप्त भिडियोबाट टप १० छनोट गरी अन्तिम प्रतिस्पर्धा गराइने आयोजक संस्थाका सिइओ विपीनकुमार आचार्यले जानकारी दिए । कार्यक्रमको फाइनल ‘लक डाउन’ सकिएलगत्तै गर्ने आयोजकको तयारी छ ।