साप्ताहिक संवाददाता
गायक शिव परियार आम नागरिक जस्तै कोरोना भाइरस (कोभिड–१९)लाई लिएर चिन्तित छन् । कोरोनाबाट कसरी बच्ने, कस्ता कुरामा ध्यान दिने जस्ता सन्देश मुलक सामग्री आफ्ना सामाजिक संजालबाट सार्वजनिक गर्दै उनले आफ्ना शुभेच्छुकलाई घरमै बसेर कसरी दिन कटाउले लगायतका टिप्सहरु दिइरहेका छन् ।
उनै गायक परियारले कोरोना भाईरस (कोभिड–१९) को संक्रमण हुने क्रम विश्वबाट समाप्त भएलगतै एउटा कठिन युगको अन्त्य हुने बताएका छन् । त्यसपछिको जिवन र जगतमा सकारात्मक सफलता पाँउन झन् कठिन अर्को एउटा ‘नयाँ युग’ को सुरुवात हुनेछ । ‘हामी कलाकारले पनि आफ्नो दायित्व बोध गर्दै नयाँ युगमा नेपाली स्रोता तथा दर्शकहरुका लागि नयाँ सृजनाहरु प्रस्तुत गर्नु पर्ने आवश्यकता हुनेछ ।’
उनले लक डाउनको समयलाई यत्तिकै खेर नफाल्न समेत आग्रह गरेका छन् । संगीतकर्मीलाई अनुरोध गर्दै उनले भने, ‘कृपया यो समयलाई खेर नफाल्नुहोस्, आफु भित्रको सृजनात्मक क्षमतालाई अझ परिपक्क बनाउने कार्यमा यो समय सदुपयोग गर्नुहोस् ।’ आम नागरिक पुरानै अवस्थामा फर्किन केही समय लाग्ने भएकाले उनीहरुको मुड हेरेर संगीतकर्मीहरुले कदम चाल्न समेत उनको आग्रह गरे ।