साप्ताहिक संवाददाता
अति भावुकता र सस्तो लोकप्रियता ।
- प्रभाकर
व्यक्तिगत प्रचार ।
- पिंकी रौनियार
पार्टीका प्रचारकहरू ।
- कमल गाउँले
फेसबुकमा व्यक्त हुने गाली, घृणा, दुष्प्रचार आदि ।
- खेम जीसी
फेसबुक मानिसहरूको कुण्ठा पोख्ने ठाउँ हो । के मन पर्दैन भन्नु र खै ?
- गोपाल चौधरी
एकछिनमै फिलिङ ह्याप्पी, एकछिनमै फिलिङ स्याड लेखेको मन पर्दैन । एउटा ठाउँको फोटो हुन्छ, लोकेसन अर्कै हुन्छ । आफ्नो वास्तविक नाम–थर अर्कै राखेको हुन्छ । कसैले राखेको समाचारमा छिटै प्रतिक्रिया जनाइहाल्नेहरू पनि उत्तिकै हुन्छन् । फेक न्युजमा कमेन्ट गरिहाल्नेहरू पनि बग्रेल्ती हुन्छन् ।
- राजेशजंग कुँवर
कसैको डरलाग्दो फोटो राखेर रिप लेख्नुस् भनेको मन पर्दैन ।
- कोपिला पुन
विदेशमा बसेर नेपालमा राजनीति गर्नेहरू, नेतालाई गाली गर्नेहरू तथा पैसाको धाक लगाउनेहरू ।
- शान्ति पोखरेल
हामीले फेसबुक चलाउने, मार्क जुकरबर्गले पैसा कमाउने । यो कुरामा त डाह लाग्छ हौ ।
- रबिन सिलवाल
मानिसहरूले चर्चा कमाउन विभिन्न प्रकारका स्टाटस लेख्छन् । यही कुरा मन पर्दैन ।
- ममता राई
अनावश्यक कुरा भाइरल बनाएको मन पर्दैन ।
- अंकति ढकाल
दुर्घटनाका बीभत्स तस्बिरहरू ब्लर नगरी पोस्ट गरेको मन पर्दैन ।
- आरसी रायमाझी
बिनासित्तिमा ट्याग गरेको मन पर्दैन ।
- मेहबुब आलम
टेस्टोनीको वाहियात गफ ।
- सरन केसी चिमौरिया
हाजिर गर्न कमेन्टमा थोप्लो लगाउनेहरू देखेर झोक चल्छ ।
- विजय
विभिन्न पेजले संवेदनशील तस्बिरहरू राखेर लाइक गर्नुहोस् भनेको पटक्कै मन पर्दैन ।
- उमेश आचार्य
हावादारी समाचार तथा अनावश्यक पोस्टलाई भाइरल बनाएको मन पर्दैन ।
- यदु रिजाल
देश चलाउनेहरूका ठूला कुरा पढ्नुपर्दा मन पर्दैन ।
- समर्पण सन्देश
फेसबुकमा ठूला हुँ भनाउँदाहरूको गतिविधि पटक्कै मन पर्दैनन् ।
- समीर गौतम
नचाहिँदा चिजमा आवश्यकताभन्दा बढी ध्यान दिने र चाहिने कुरामा ध्यान नदिने मानिसहरू देख्दा रिस उठ्छ ।
- सन्जु बानियाँ महत
फेसबुकमा आफन्तले नदेख्ने गरी रिलेसनसिप स्टाटस चेन्ज गर्न मिल्दैन ।
- अपरिचित व्यक्ति
मलाई त फेसबुक नै मन पर्दैन ।
- फिरन्ते
अनावश्यक फोटो ट्याग । फेसबुकको चमक दमक अति भयो । मानिसमा यसप्रति मोह त बढ्यो तर फेसबुक अपराध पनि वृद्धि भैरहेको छ ।
- सुमन
सामान्य व्यक्तिगत विषय, तस्बिर एवं यात्रा विवरण फेसबुकमा राख्नु उचित होइन कि जस्तो लाग्छ ।
- भेषराज शर्मा
अनावश्यक ट्याग गरेको मन पर्दैन ।
- गीत
अधिकारको कुरा बढी गरेको मन पर्दैनन् ।
- नबिन
अरूका स्टाटस कपि–पेस्ट गरेको राम्रो लाग्दैन ।
- सुमिन ढुंगाना