साप्ताहिक संवाददाता
दुवै महत्त्वपूर्ण छन् । किनभने धन भएन भने हामी कुनै पनि क्षेत्रमा कहीं पनि पुग्न सक्दैनौं । समय त अझ बढी बलवान् छ ।
युरिकराज नेपाली
समयको महत्त्व छ । समय भए पो धन कमाउन सकिन्छ । समय नभए धन कसरी कमाउने ? भनिन्छ नि, बगेको खोला फर्कन्छ तर समयले पर्खंदैन ।
थानेश्वर कलाथोकी
समय धनभन्दा महत्त्वपूर्ण छ, किनभने धनले समय किन्न सकिँदैन ।
युवराज तामाङ
पैसा ठूलो भन्नेहरू कहाँबाट कहाँ पुगिसके ? समय ठूलो भन्नेहरू घडी नै हेरेर बसिरहेका छन् । त्यसैले धन ठूलो हो ।
शिरीष राई
खल्तीमा १५ रुपैयाँ नहँुदा २ किलोमिटर बाटो लखर–लखर हिंडियो, तर सबैले समय ठूलो भने, मैले पनि त्यही भनें ।
प्रेस थापा
समय, किनभने धन गुम्यो भने फेरि कमाउन सकिन्छ । समय गुम्यो भने फेरि प्राप्त गर्न सकिँदैन ।
एसके आभास ठकुरी
यो त केटाकेटीमा सोधिने प्रश्न ‘आमाको बढी माया लाग्छ कि बाबाको ?’ भन्याजस्तै भैगो नि †
मगर मास्की मिन
समय र धन दुवै महत्त्वपूर्ण छन् ।
उज्ज्वल पन्त
धन बढी महत्त्वपूर्ण छ, किनभने यहाँ हरेक कुरा पैसाअनुसार चल्छ न कि समयअनुसार ।
मनिष श्रेष्ठ
जसले जे भनोस्, यो संसारमा धनभन्दा ठूलो केही छैन ।
विशाल राई
समय नि ! समय रहे जति पनि धन कमाउन सकिन्छ ।
वाइजरराज चुँडाल
समय ठूलो हो । समयको सदुपयोग भए प्रशस्त धन कमाउन सकिन्छ ।
गणेश गौतम
दुवै महत्त्वपूर्ण छन् ।
सूदन ज्ञवाली
हामीसँग समय नै छैन भने धन कसरी खर्च गर्ने ? त्यसैले समय ठूलो हो ।
कुमार बुढाथोकी
दुवै एक–अर्काका परिपूरक हुन् ।
आयुश शाही
समय भयो भने पाँच घण्टामा संसार घुम्न सकिन्छ ।
रक ट्यांगो
समय ठूलो हो ।
डिल्लीराज पाण्डे, सह पुर्जा, मोहन थापा
समय, किनभने समय छ भने धन कमाउन सकिन्छ, तर धनले समय किन्न सकिँदैन । यद्यपि आजभोलि पैसालाई बढी महत्त्व दिईन्छ ।
आङबुहाङ म लिम्बू
अचेलको जमानामा समयभन्दा पैसा बढी महत्त्वपूर्ण छ । खासमा चाहिँ समय महत्त्वपूर्ण हुन्छ ।
लक्ष्मण न्यौपाने
एक–अर्कासँग तुलना हुन सक्दैन ।
प्रकाश सुवेदी
समय अमूल्य छ ।
दिनेश पण्डित
समय नि !
सुवास आले, रोजन ढुंगाना
धन भयो भने जुनसुकै समयमा जे पनि गर्न सकिन्छ, त्यसैले धन ठूलो हो ।
गणेश वली
दुवैको उत्तिकै महत्त्व छ ।
करुणा
समयबिना कुनै पनि कुराको मान्यता हुँदैन ।
अर्जुन तामाङ
पैसा अर्थात् सम्पत्ति ठूलो हो ।
प्रेम अन्जान
यो कुरा त अवस्था र परिस्थितिमा भर पर्छ । बूढाहरूसँग सोध्नुस्, उसका लागि समय महत्त्वपूर्ण हुन्छ । युवाहरूसँग सोध्नुस्, उसका लागि पैसा बढी महत्त्वपूर्ण हुन्छ ।
नेपाली ब्वाय
मसँग समय थियो तर धन थिएन । ऊसँग धन त थियो तर समय थिएन । त्यसैले ऊ चितामा नजलून्जेल घण्टौंसम्म कुरिरहें ।
अनिल बस्नेत
धन, किनभने मानिसहरू धन कमाउन समय खर्चन्छन् ।
अर्जुन अधिकारी
समय महत्त्वपूर्ण छ ।
सरिता गुरुङ
दुवैको बराबर महत्व छ, दाँज्न मिल्दैन ।
अर्जुन थापा, लक्ष्मी घले